☰ open Loading... 23 January 2021|   शनिबार, माघ १०, २०७७

२४ घण्टा यता ५५४ जनामा कोरोना सङ्क्रमण,
  |

काठमाण्डौ – २४ घण्टा यता नेपालमा पाँच सय ८५ जना कोरोना मुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५७ हजार दुई सय २९ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा पाँच सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ ।नेपालमा शुक्रबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २१ रहेको छ ।

 

प्रकाशित मितिः शुक्रबार, पुस २४, २०७७     7:06:19 PM