☰ open Loading... 13 October 2024|  

ओलीले विदेशीको इशारामा लोकतन्त्र र संघीयतालाई धरापमा पारे : जनार्दन शर्मा
  | २५ पुष २०७७, शनिबार १७:११

दैलेख -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहका नेता जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा लोकतन्त्र र संघीयतालाई धरापमा पारेको टिप्पणी गरेका छन्। 


दैलेखको दुल्लुमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य शर्माले विदेशी शक्तिको उक्साहटमा लागेर ओलीले लोकतन्त्र र संघीयतालाई धरापमा पारेको बताएका हुन्। नेता शर्माले ओलीले संसद विघटन गरि चालेको प्रतिगामी कदमको सबै मिलेर विरोध गर्न अपील पनि गरे।

उनले केपी ओलीले पार्टीमा अन्तरघात गरेको तर, पार्टी नफुटेको जिकिर गरे।केपीले घरको झगडालाई लिएर वस्तीमा आगो लगाउन खोजे : योगेश भट्टराई

कार्यक्रममा नेकपा दाहाल-नेपाल समूका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले घरभित्रको झगडा मिलाउन नसकी वस्तीमै आगो लगाउन खोजेको आरोप लगाए। 

नेता भट्टराईले ओलीकाे कदम अब तीन महीना पनि नटिक्ने र उनी तीन महीनाभित्र बालुवाटारवबाट बालकोटमै फर्किने दाबी गरे।

उनले नेकपाको बहुमत केन्द्रीय सदस्य रहेको दाहाल-नेपाल समूहले नै नीतिगत रूपमा आधिकारिकता प्राप्त गर्ने भएकाले कोही पनि अलमल नपर्न आग्रह गरे।