☰ open Loading... 18 April 2024|  

उत्कृष्ट काम गरेवापत सम्मान
  | २६ पुष २०७७, आईतवार १८:५५

मलेसिया।जनउद्धार केन्द्र मलेसियाले एक कार्यक्रमका विच संस्थाका वरिष्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ , उपाध्यक्ष रुप बहादुर टन्डन,सह-सचिव बालकृष्ण आर्चाय’लाई मायाको चिनो सम्मान सहित बिदाई गरिएको छ। जनउद्धार केन्द्र मलेसियाको स्थापना काल देखि संस्थालाई विभिन्न तहबाट निरन्तर क्रियाशील रहँदै जनउद्वार केन्द्र लाई यहाँ सम्म पुर्याउन महत्वपूर्ण योगदान दिएका वरिष्ठ उपाध्यक्ष शेर बहादुर श्रेष्ठ,यस्तै पहिलो र दोस्रो कार्यकालमा उपाध्यक्ष पद’मा रहेर संस्थालाई चलायमान गर्न भुमिका निर्वाह गर्ने रुपबहादुर टन्डन,दोस्रो कार्यकालमा सह-सचिवको जिम्मेवारी पाएका बालकृष्ण आर्चाय जस्ले संस्थालाई यहाँ सम्म पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । स्थापना कालदेखी संस्थालाई पुर्याएको महत्वपुर्ण योगदानको उच्च मुल्याङ्कन गर्दै मायाको चिनो सहित सम्मान पत्रको साथमा बिदाई गरेको हो।यस्तै समाजसेवि सपना बस्याल लाई समेत मायाको चिनो प्रदान गरिएको छ । उक्त सम्मान तथा विदाई कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष केशु थापाले संस्थालाई विगत देखि गर्दै आएको योगदानको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना सहित आगामी यात्राको शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित सम्पुर्णले उहाँ हरुको यात्राको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । जनउद्धार केन्द्र मलेसियाको कार्यालयमा आईतबार आयोजित सम्मान तथा विदाई कार्यक्रम , जनउद्वार केन्द्रिय मलेसियाका अध्यक्ष केशु थापाको अध्यक्षतामा भएको थियोे भने सन्चालन समाजका केन्द्रीय सचिव शंकर देव आर्चायले गर्नु भएको थियो । उहाँ हरुको आ-आफ्नो समस्याको कारण मलेसियाको बसाईलाई समाप्त गर्दै स्वदेश फिर्ता हुन लागेका हुन । वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक दुरि कायम गरि कार्यक्रम सम्पन्न गरेको जानकारी केन्द्रिय सल्लाहकार दिनेश खड्का’खप्तडि’ले दिए ।