☰ open Loading... 23 January 2021|   शनिबार, माघ १०, २०७७

दैलेखमा मिनी ट्रकभित्र शव भेटियो
  |

दैलेखमा मिनी ट्रकभित्रै चालक मृत अवस्थामा फेला परेका छन् । सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१०, का अन्दाजी ४९ वर्षीय गंगाबहादुर सुनार मृत अवस्थामा भेटिएका हुन् ।

बिहान दुल्लु नगरपालिका-१, तल्लोडुङ्गेश्वर बजारस्थित सुर्खेतबाट दुल्लुतर्फ सामान बोकी आएको लुअमा ९८१४ नम्बरको मिनी ट्रकमा सुतेका थिए ।

बिहान अबेरसम्म नउठेपछि गाडीको सिसा फोडेर हेर्दा मृत अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता तथा प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । उनका अनुसार उक्त विषयमा थप अनुन्धान भइरहेको छ ।

प्रकाशित मितिः सोमवार, पुस २७, २०७७     4:39:04 PM