☰ open Loading... 23 January 2021|   शनिबार, माघ १०, २०७७

फरार रहेका २ जना अभियुक्त ९ वर्ष पछि पक्राउ
  |

दैलेख-दैलेख प्रहरीले फरार गरिएको दुई जनालाई पक्राउ गरेको छ ।फरार रहेका२ जनाअभियुक्तलाई ९ वर्ष पछि पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भगवतीमाई गाँउपालिका वडा नं ४ जगनाथका५४ बर्षिय चक्र बहादुर शाही र  ३१ बर्षिय केशव बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेख जानकारी दिएको छ ।

दैलेख जिल्ला अदालतबाट जातिय छुवाछुत तथा भेदभाव मुद्दामा ८ महिना कैद र जरिवाना सजाय तोकिएका पक्राउपरेका दुई जनालाई कैद जरिवाना भुक्तानीको लागी दैलेख जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७७     6:13:49 PM