☰ open Loading... 19 April 2024|  

हिमपात भएसंगै,लिमी गाउँ पाँच महिनाका लागि बन्द
  | २९ पुष २०७७, बुधबार १३:०१

हुम्ला : हुम्लाको नाम्खा गाउँपालिका वडा नम्वर छ को लिमि गाउँ पाँच महिनाका लागि बन्द भएको छ । पछिल्लो हिमपात भएसंगै हिमालीपारीको गाउँ लिमी पाँच महिनाका लागि बन्द भएको हो ।

 

वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी छिर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको हो । हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको हो ।

 

यो बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्ने छ । दुवै नाकाहरुमा चार देखि पाँच फिट हिउँ जम्ने गरेको छ । टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुनेछ ।

 

वर्ल्डलिंकको इन्टरनेट सेवा भने अहिले सम्पर्कको माध्यम भएको छ । हिमपातपछि बाटो बन्द हुने भएका कारण स्थानीयले ६ महिनाका लागि दैनिक उपभोग्य सामान जम्मा गर्ने गर्दछन् ।

 


मंसिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट ढुवानी अनुदानको सात सय क्वीन्टल खाद्यान्न लिमी पुर्‍याइएको छ ।