☰ open Loading... 19 April 2024|  

शिक्षक माथि दाउरा प्रहार
  | ८ माघ २०७७, बिहीबार ०८:१८

मुगु । एक जना शिक्षक लाई दाउरा प्रहार गरि घाईते भएका छन् ।मुगु छायाँनाथ रारा नगरपालिका वडा नं ७ घुईर गाउँ घर भई मुर्मा गाउँमा रहेको बिद्यालयमा कार्यरत शिक्षक २९ बर्षिय पदम रावललाई छायाँनाथ रारा नगरपालिका ७ पिनाका ३४ बर्षिय ऐनबहादुर बंमले दाउरा प्रहार गरी गम्भिर घाईते बनाएका हुन ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्टराईले दिएको जानकारी अनुसार रारा तालको छेउमा रहेको डाँफे होटलमा मंगलबार (आजा) मदिरा सेवन गरेर एक आपसमा झगडा भई बंमले दाउरा प्रहार गरि शिक्षक रावललाई घाईते बनाएको बताए ।

घाईतेका जेठान दिर्घ राज ऐडिका अनुसार बिद्यालयबाट घर फर्किने क्रममा खाजा खान डाँफे होटलमा गएका र त्यहि मौकामा ऐनबहादु बमंले आफनो ज्वाईलाई कोठामा थुनेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।
कुटपिटबाट अचेत अवस्थामा रहेकाघाईते रावलको टाउकोमातिन ठाउँमा गहिरो चोट छ ।अहिले रावलको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ ।