☰ open Loading... 9 October 2024|  

बोनम्यारो पिडित बालकको उपचारमा आर्थिक अभाव
  | ७ माघ २०७७, बुधबार १९:३३

दैलेख -उपचार खर्चको अभावमा बोनम्यारो पिडित एक बालक जिवन र मृत्यू विच संर्घष गरिरहेका छन ।भगवतीमाई गाउँपालिका–२ रुमका ११ बर्षीया बालक शुसिल शाहीको खर्च अभावमा उपचारमा समस्या भएको हो । उनि विगत ६ महिना देखि बोनम्यारो रोगबाट ग्रसित छन् । विगत एक महिना देखि अस्पतालमै रहेका बालकको उपचारमा आर्थिक अभाव भएका शाहीलाई आर्थिक सहयोग संकलन गरेर उपचार गरिरहेको बालकका ठूलो बुबा अमृत शाहीले जानकारी दिए ।

शुसिलका बुबा दिनेश शाही जन्मजात नै आँखाको समस्याबाट पीडित छन् । आमा अमृता शाही विगत सात बर्षदेखि पाठेघरको समस्याबाट थलिएकी छिन् । ‘जसोतसो मजदुरी गरेर परिवारको दैनिकी गुजारिरहेको थिए, शुसिलका बुबा दिनेश भन्छन् ‘आम्दानीको स्रोत केही छैन, परिवारमा विहान साँझको छाक टार्नै हम्मेहम्मे पर्छ, छोराको उपचार गर्ने रकम कहाँबाट जुटाउँ ’ उनले छोराको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।
बालक शुसिललाई उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुले प्रभु बैंक शाखा भगवतीमाई गााउँपालिका वेस्तडामा अमृता शाहीको नाममा रहेको खाता नं। १५१०१०२३८७३०००११ वा राष्ट्रिय वाणिज्य बैंक दैलेखमा अमृत विक्रम शाहीको नाममा रहेको खाता नं ४०१०१०००००१११५०१२ मा जम्मा गर्न सकिने जनाइएको छ ।