☰ open Loading... 11 October 2024|  

कोरोनाबाट थप एक जनाको मृत्यु
  | ९ माघ २०७७, शुक्रबार १८:२५

सल्यान – कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। सल्यान जिल्ला अस्पतालमा उपचाररत शारदा नगरपालिका ३ का ९० वर्षीय वृद्धको मृत्यु भएको हो।

गत पुस २७ गते सामान्य बिरामी भएर अस्पताल भर्ना भएका वृद्धको शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए। विरामी भएर अस्पताल भर्ना भएका उनको कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।