☰ open Loading... 9 October 2024|  

सुर्खेतका एक जना कोरोना संक्रमितको बाँकेमा मृत्यु
  | ९ माघ २०७७, शुक्रबार १८:३९

सुर्खेत । सुर्खेतका एक जना कोरोना संक्रमितको बाँकेको भेरी अस्पतालमा मृत्यु भएको छ । भेरीगंगा नगरपालिका ९ का ७१ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान ६ बजे तिर मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । पुस २७ मा गरिएको पीसीआर परीक्षणमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो ।