☰ open Loading... 9 October 2024|  

आज कर्णालीमा कोरोना बिरुद्ध खोप आउँदै, झण्डै ५४ हजारलाई कोरोना बिरुद्धको खोप लगाइने
  | ११ माघ २०७७, आईतवार १०:१९

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी रहेको छ । भारत सरकारले नेपाललाई अनुदान दिएको कोरोना भाइरस बिरुद्धको १० लाख डोजमध्ये सरकारले पहिलो नौ लाख ११ हजार तीन सय ४२ जनालाई खोप लगाउने तयारी गरेको छ ।

कर्णालीका १० जिल्लामध्ये डोल्पा जिल्लामा एक हजार दुई सय ६३, मुगु जिल्लामा एक हजार नौ सय नौ, हुम्ला जिल्लामा एक हजार सात सय ५४, जुम्ला जिल्लामा तिन हजार सात सय ३५, कालिकोट जिल्लामा चार हजार सात सय ५४, दैलेख जिल्लामा आठ हजार आठ सय ८४, जाजरकोट जिल्लामा पाँच हजार नौ सय २१, रुकुमपश्चिम जिल्लामा पाँच हजार ९२, सल्यान जिल्लामा आठ हजार एक सय ३६, सुर्खेत जिल्लामा १२ हजार चार सय ५६ जनालाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

कोरोना बिरुद्धको खोप भण्डारणका लागि सुर्खेतका दुई वटा कोल्डस्टोरमा २८ लाख ७३ हजार चार सय डोज राख्न सकिने क्षमता रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा खोप दिनका लागि त्यसको पूर्व तयारी थालिएको र चाडै नै स्वास्थ्य मन्त्रालयको गाइड लाइन अनुसारका काम हुने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए ।

कर्णाली प्रदेशको खोप संयोजकमा डा;अनुज भट्टचन
नेपाल सरकारले स्वास्थ्य मन्त्रालयले सातै प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियानका लागि संयोजक तोकेको छ । कर्णाली प्रदेशमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा।अनुज भट्टचन खोप अभियानको संयोजक तोकेको हो ।

प्रदेश संयोजक डा। भट्टचनले कर्णाली प्रदेशमा खोप लिएर आउने र प्रदेश स्वास्थ्य निर्देशनालयसँग सहकार्य गर्दै खोप अभियानबारे केन्द्रसँग समन्वय गर्ने कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बिरुद्धको खोप पुष १४ गतेबाट दिन शुरु गरिने बताएको भएपनि कर्णालीमा खोपका लागि तयारी गरेको भएपनि त्यो खोपमा बिषयमा प्रदेश सरकारलाई जानकारी नदिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम लगाएतका पूर्व तयारीको काम पनि नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोनाविरुद्धको खोप आइतबार सातै प्रदेशमा पुग्ने
कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ सातवटै प्रदेशमा पठाउन थालिएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले जानकारी दिए ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । उनले सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए ।

उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा। गौतमले बताए । खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।
भारत सरकारले बिहीबार ९यही माघ ८ गते० अनुदानमा सरकारलाई १० लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको छ । माइनस दुई डिग्री सेल्सियसदेखि माइनस आठ डिग्री सेल्सियसमा राख्न सकिने उक्त कोभिशिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ ।

सरकारको कुल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ । पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको छ ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसंख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार ९जिटुजी०, सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउनेछ ।

अहिले विश्वमा फाइजर एन्ड बायोएनटेक कम्पनी ९अमेरिका०, मोडेर्ना ९अमेरिका०, ग्यामेलिया ९रसिया०, ‘स्पुतनिक–भी’ ९रसिया० र अक्सफोर्ड अक्ट्राजेनिका ९बेलायत० र चीनको ‘साइनोभ्याक्स’ लगायतका खोप कोभिड–१९ विरुद्ध प्रयोग भइरहेका छन् ।