☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

बाघको आक्रमणबाट एक जना गम्भीर घाइते
  |

 

दाङ – बाघको आक्रमणबाट देउखुरी लमही नगरपालिका८ खोलीगाउँकी ५० वर्षीया बेलमती चौधरी गम्भीर घाइते भएका छन ।शनिबार दिउँसो बाख्रा चराउन नजिकैको जङ्गलमा गएको समयमा उनलाई बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट चौधरीको मुख, आँखा र टाउको गम्भिर चोट लागेको छ । श्रीमान टुलिराम चौधरी रुखमा चढेर घाँस झार्दै गर्दा बाघले बेलमतीलाई आक्रमण गरेको थियो।बाघको आक्रमणबाट गम्भीर घाइते भएकी बेलमतीको लमही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः आइतवार, माघ ११, २०७७     10:27:02 AM