☰ open Loading... 9 October 2024|  

बोनम्यारो पिडित बालकलाई आर्थिक सहयोग
  | १२ माघ २०७७, सोमबार २०:३७

 

यामराज बिष्ट दैलेख- बोनम्यारो राेगबाट पिडित दैलेख भगवतीमाई गाउँपालिका–२ रुमका ११ बर्षीया बालक शुसिल शाहीको उपचार खर्च लागि रु ५१हजार १सय ११रुपैयाँ आर्थिक सहयोग गरिएको छ । ४१ ह्जार १ सय ११ रुपैया समाजसेवी मानेन्द्र चन्द ठकुरी , दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले पाँच पाँच हजार रुपैया सहयोग गरेका हुन् ।
बिगत ४ बर्षदेखि अमेरीका बस्दै आएका समाजसेवी मानेन्द्र अहिले घर विदामा नेपालआएका उनी विरामीलाई हस्पिटलमा पुगेर सहयोग रकम सहयोग गरेका हुन् ।

आफुले व्यक्तिगत रुपमा गरेको सानाे सहयोगले बोनम्यारो राेगबाट पिडित बालकलाई उपचार खर्चमा केही सहज हाेस भन्ने उदेश्य सहयोग गरिएको समाजसेवी मानेन्द्र चन्द ठकुरीले पश्चिम नेपाललाई बताए।

विगत ६ महिना देखि बोनम्यारो रोगबाट ग्रसित बालकको उपचारको लागी करीब ३० लाख हाराहारी लाग्ने अस्पतालले जनाएको छ ।

बोनम्यारो पिडित बालक शुसिल शाहीलाई उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुले राष्ट्रिय वाणिज्य बैंक दैलेखमा अमृत विक्रम शाहीको नाममा रहेको खाता नं ४०१०१०००००१११५०१२ मा जम्मा गर्न सकिने जनाइएको छ ।