☰ open Loading... 19 April 2024|  

ठूलो परिणाममा चिनियाँ मदिरा बरामद
  | १२ माघ २०७७, सोमबार १३:४८

सुर्खेत । हुम्लास्थित खार्पुनाथ गाउँपालिका–४, खार्पुबाट ठूलो परिणाममा व्यापारिक परियोजनका लागि ल्याइएको अवैध चिनायाँ मदिरा प्रहरीले बरामद गरेको छ ।

हुम्लाको खार्पुनाथ ५ मुचुबाट सोही गाउँपालिकाको वडा नम्बर १ लालीतर्फ लिँदै गरको एक सय १० पेटी मदिरा हुम्ला प्रहरीले बरामद गरेको हो ।

लालीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ लिँदै गर्दा पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले जानकारी दिए । उनका अनुसार झिनिगोटी नामक उक्त मदिरा केही समय पहिला हुम्ला ल्याइएर लुकाइएको थियो ।

‘मदिरा पहिले नै ल्याइएर लुकाइ राखिएको रहेछ,’ उनले भने, ‘अहिले व्यापारिक परियोजनाका लागि व्यवसायीसम्म पु-याउँदै गर्दा थाहा भयो ।’ यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।