☰ open Loading... 19 April 2024|  

गृहमन्त्री थापाविरुद्ध टायर बालेर विरोध प्रदर्शन
  | १२ माघ २०७७, सोमबार १८:०८

कालिकोट– नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले गृहमन्त्री रामबहादुर थापाविरुद्ध कालीकोटमा विरोध प्रदर्शन गरेका छन्। नेकपाको ओली समूहको कार्यक्रमलाई सम्बोधन गर्न कालीकोट पुगेका गृहमन्त्री थापाविरुद्ध टायर बालेर प्रदर्शन नै गरिएको हो।

साथै प्रचण्ड नेपाल समूहका कार्यकर्ताले मन्त्री थापाविरुद्ध कालो झण्डा र कालो बेलुन प्रदर्शनसमेत गरेका छन्। कार्यक्रम स्थलदेखि १०० मिटर टाढा टायर बालेका थिए। ३० मिनेटपछि सशस्त्र प्रहरी बल र प्रहरीको टोलीले प्रदर्शनस्थल नियन्त्रण लिएको थियो।