☰ open Loading... 9 October 2024|  

वृतचित्र निर्माण मार्फत आत्महत्या राेकथाम
  | १६ माघ २०७७, शुक्रबार २०:१५

यामराज बिष्ट दैलेख : दैलेख प्रहरीले वृतचित्र निर्माण गरेको छ। दिनप्रतिदिन आत्महत्या बढ्दै गएकाले वृत्तचित्र मार्फत आत्महत्या घटना न्यूनिकरण तथा राेकथाम गर्नकाे लागि सहयोग पुगोस् भन्ने उदेश्यले वृत चित्र निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले बताए ।



जिल्लाका ११स्थानीय तहको सहयोगमा जिल्ला प्रहरी कार्यालय दैलेखले वृत चित्र निर्माण गरेको हो । वृतचित्रमा,मदाग पर्दाथ, लागू पर्दाथ ,बेरोजगारीका कारण पारिवारिक र घराायसी झगडा ,श्रीमानकाे दबाब,सामाजिक दवाव तथा दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक–पटक शारीरिक र मानसिक यातना झेल्दै आएको घटनालाई देखाईएको छ ।


वृतचित्र भिडियो निर्देशन गायक तथा सर्जक लोकेन्द्र जिसी कुमार गरेका हुन। बृत्रचित्र भिडियो जिल्ला समन्वयकाे हलमा एक कार्यक्रम बिच प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले संयुक्त रुपमा वृतचित्र अनावरण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बृत्रचित्र हरेसकेपछि मानिसमा तनाव, चिन्तारोग , डिप्रेसन हुने जस्ता धेरै समस्या बढ्छन् । मद्यमान र धूमपान सेवनले गर्दा आत्महत्या घटना  निम्त्याउँन सक्छ । राेगथामकाे लागि वृत्रचित्र मार्फत आत्महत्याका घटना घम हुन्छन् उनले बताए  ।



बृतचित्र भिडियो निर्माण बराह ताल मुभिले गरेको हाे ।पटकथा र संवाद चन्द्र मन्दिरले रहेको बृतचित्रमा चन्दमन्दिर मगर ,जानकी शाही ,तिर्थ भण्डारी ,लाेकेन्द्र जिसि कुमार,चक्र कुमार केसी , लक्ष्मी थापा लगायतका कलाकारहरु देख्न सकिन्छ ।