☰ open Loading... 13 October 2024|  

काेराेना संक्रमणबाट थप१ जनाको मृत्यु
  | १८ माघ २०७७, आईतवार १९:४५

दैलेख : कोरोना भाइरस संक्रमणबाट कर्णालीमा थप एक जनाको निधन भएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका अनुसार मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका–५ मा ६४ बर्षीया पुरुष हुन् ।

उनि माघ ७ गते ज्वरो, खोकी, सास फेर्नमा कठिनाई र टाउको दुख्ने समस्या सहित प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।प्रदेश अस्पतालका अनुसार मृतक व्यक्ति उच्च रक्तचापको दिर्घरोगी भएको र औषधी सेवन गरिरहेका थिए ।