☰ open Loading... 5 October 2024|  

बितेको साताका १० तस्बिर: भारतदेखि फिनल्यान्डसम्म
  | १९ माघ २०७७, सोमबार ०९:५८

 

 

भारतको राजधानी दिल्लीमा गणतन्त्र दिवस समारोहका लागि परम्परागत नृत्यको अभ्यास गर्दै केही कलाकार

 

 

 

 

 

मस्कोमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त। विपक्षी नेता एलेक्सी नभाल्नी पक्राउ परेपछि हजारौँ मानिसहरूले रुसभरि विरोध प्रद्रशन गरेका थिए

 

द्वितीय विश्वयुद्धका बेला नाजीहरूले हत्या गरेका लाखौँ मानिस तथा संसारमा अन्यत्र भएका नरसंहारका पीडितको सम्झनामा ‘लन्डन आई’ मा बैजनी रङ्गमा बत्ती

 

यूकेका प्रधानमन्त्री बोरिस जनसन देशमा कोभिड-१९ का कारण मृत्यु भएका मानिसको सङ्ख्या एक लाख पुगेपछि आफूले सरकारको कामको ‘पूरा उत्तरदायित्व’ लिने बताउँदै

पूर्णिमाको दिन बिहान नेपालको भक्तपुरमा परम्परागत विधिपूर्वक स्वस्थानी व्रत आरम्भ गर्दै श्रद्धालुहरू

चीनको शेन्याङस्थित एउटा नदीमा कुइरो लागेको बेला हाँसहरू विचरण गर्दै

 

मोजाम्बिकको एउटा विद्यालयको प्राङ्गणमा डुबानमा परेपछि पानीमाथि उभिँदै एक छात्रा। एउटा समुद्री आँधीले अफ्रिकाको दक्षिणी भेग प्रभावित हुँदा धनजनको क्षति भयो

 

लकडाउनका बेला हङ्‌कङको जोर्डन क्षेत्रमा स्वास्थ्यकर्मीहरू

 

डेनमार्क र क्रोएशियाका खेलाडीहरू आईएचफ ह्यान्डबल वर्ल्ड च्याम्पीअनशिपअन्तर्गत कायरोमा भएको खेलमा

 

 

फिनल्यान्डको ल्याप्यान्डको आकाशमा देखिएको चहकिलो अरोरा बोरियालिस
 

सबै तस्बिरको प्रतिलिपि अधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित

बिबिशी बाट साभार