☰ open Loading... 5 October 2024|  

स्वास्थ्य सेवा नदिएको भन्दै आन्दोलन
  | ६ फाल्गुन २०७७, बिहीबार २०:४७

सुर्खेत- वीरेन्द्रनगर नगरपालिकामा स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी स्वास्थ्य सेवा प्रदान नगरेको भन्दै नागरिकहरु आन्दोलित बनेका छन् । वीरेन्द्रनगर नगरपालिका– ८ मा रहेको शहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै नागरिकहरु आन्दोलित बनेका हुन् ।

प्रदेशको राजधानी वीरेन्द्रनगरमै प्रभावकारी स्वास्थ्य सेवा नपाएको भन्दै सडकमा आउन बाध्य भएको उनीहरुको गुनासो छ ।
खजुराका स्थानीय नागरिकहरुले स्वास्थ्य सेवा केन्द्रबाट पाउने कुनै पनि स्वास्थ्य सेवा नपाएको गुनासो गरेका छन् ।

बिहीबार वीरेन्द्रनगर नगरपालिको कार्यालयमै पुगेर प्रभावकारी स्वास्थ्य सेवा दिनुपर्ने भन्दै चर्को नारावाजी गरेका छन् ।केन्द्रका कर्मचारीहरुले राम्रो व्यवहार नगर्ने र सेवाग्राही सँग झर्किने गरेको स्थानीयको आरोप छ ।

स्थानीय तुल्सी पुलामी भन्छिन्, ‘सेवा लिन जाँदा कर्मचारीले बेवास्ता गर्ने र आफ्ना समस्या राख्दा झर्किन गर्दछन् ।’ सेवाग्राही आउँदा मोबाइलमा वाइफाई चलायर बस्ने गरेको उनले आक्रोश पोखिन् ।
शहरी स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज प्रेमा थानीले सीमित स्रोत साधनबाट केन्द्रले उपलब्ध गराउने सेवाहरु दिइरहेको दावी गरिन् । ‘हामीले दिन सक्ने र दिन मिल्ने सेवा दिइरहेका छौँ केरे ,’ उनले भनिन्, ‘स्वास्थ्य केन्द्रमा तीन जना महिला कर्मचारी मात्रै छौं । हामीले प्रदान गर्ने सेवामा कुनै कमजोरी भएको छैन।’