☰ open Loading... 25 April 2024|  

बालकको मृत्युपछि जुम्ला सदरमुकाम तनावग्रस्त
  | ६ फाल्गुन २०७७, बिहीबार २०:२४

 

 

जुम्ला। बालकको मृत्युको विषयलाई लिएर स्थानीय वासिन्दाले प्रहरी कार्यालय घेराउ गरेका छन् ।  मृतक बालकका आफन्तले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन।दुई हप्ताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का १४ वर्षका पदम बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाएका छन् ।मोवाइल चोरीको आरोपमा उनलाई प्रहरी कार्यालयमा ल्याएर सोधपुछ पछि छोडिएको प्रहरी साथीको भनाइ छ ।

 

मृतकका आफन्तले प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ गरेपछि भिड साम्य पार्न प्रहरीले लाठीचार्ज र केही सेल असुर ग्यास प्रहार प्रहरीले जानकारी दिएको छ ।मोवाइल चोरीको विषयमा अनुसन्धान गर्न प्रहरीले पदम बुढासहित ७ जनालाई माघ १८ गते नियन्त्रणमा लिएको थियो । प्रहरीले छाडिसकेपछि उनी स्वास्थ्यमा समस्या देखिएपछि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारका लागि अभिभावकसँग गएका थिए ।मृतकका आफन्तलेहरुले भने मोवाइल चोरी गरेको आरोपमा प्रहरीले निर्मम तरिकाले कुटपिट गर्दा मृत्यु भएको बताएका छन् । घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोलन गर्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ ।