☰ open Loading... 18 April 2024|  

तीन कैदिबन्दीको कैद मिनाह
  | ८ फाल्गुन २०७७, शनिबार १९:१३

डोटी-प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोटीमा कैद भुक्तानी गरीरहेका तीन जना कैदी बन्दीको कैद मिनाह गरीएको छ ।जिल्ला कारागार डोटीका प्रमुख लालबहादुर खड्काका अनुसार ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका जिल्लाको आदर्श गाँउपालीका–५ का धर्मे लुहार, सवारी ज्यान मुद्दामा सजाया भोगीरहेका पूर्वीचौँकी गाउँपालिका–३ का रामचन्द्र गिरी तथा कर्तव्य ज्यानको सजाय भोगिरहेका सोही गाउँपालिकाका किस्ने बोगटी गरी तीन जनाकैदी बन्दीको कैद मिनाह गरीएको छ ।