☰ open Loading... 20 April 2024|  

सामुदायिक वनमा आगलागी हुँदा करोडौंको क्षती
  | ९ फाल्गुन २०७७, आईतवार २०:१२

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नं ४ मा पर्ने पारिवन सामुदायीक वनमा आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजे हलनी डाँडाबाट लागेको आगोले करोडौं क्षती भएको छ । पारिवन सामुदायीक वन क्षेत्रको धेरै ठाँउमा आगलागी भएको हो ।कामको शिलशिलामा वनमा गएकाहरुले आगो तापेर आगो ननिभाई हिड्दा उक्त आगो वन क्षेत्रमा सल्किएको र एक स्थानको आगो वन क्षेत्र भरी सल्केर २ सय हेक्टर भन्दा बढी वन क्षेत्रमा आगलागी भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ४ नं वडाका अध्यक्ष बिष्णु कुमार भामले बताएका छन् ।वडाअध्क्षय भामका अनुसार आगो कस्ले बालेको हो भन्नेबारे भने पत्ता लगाउन सकेको छैन ।आगो नियन्त्रणका लागी शुक्रबारदेखि वडा अध्यक्ष भाम र छायाँनाथ रारा नगरपालि वडा नं ४ भामवाडाका प्रत्येक घरका १५० जना स्थानीय निरन्तर जुटेर २४ घण्टापछि आगो नियन्त्रण गर्न सफलभएका हुन ।