मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको छ । जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफना १४ वटा वडाहरुमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको हो ।शुक्रबार ७१ औँ राष्टिय प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले एक औपचारिक कार्यक्रम गर्र्दै नगर क्षेत्रभित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको छ ।
वडा नं १४ का ५० वर्षिय जुद्ध बढुवाल भन्छन्, ‘राज्यले एकल महिला भत्ता, वृद्ध भत्ता, बालबालिका भत्ता दिँदै आएपनि श्रीमतीको मृत्यु भएर वा श्रीमती नै नल्याएर वेसाहारा, एकल भएका समाजमा रहेका एकल पुरुषलाई संघिय र प्रदेश सरकारले वास्ता नगरेपनि स्थानिय सरकारले भत्ता दिएपछि आफुहरु पनि नागरिक भएको महशुस भएको छ, नत्र अरुले भत्ता बुझ्दा हामीहरु विगतमा दोस्रो दर्जाका नागरिक रहेछौँ भनेर सम्झन्थ्यौँ ।’
देशमा रहेका ७५३ वटा स्थानिय तहहरुमध्य दुर्गम हिमाली जिल्लामा रहेको छायाँनाथ रारा नगरपालिकाले भौगोलिक,राजनैतिक तथा अन्य बाधा कठिनाईका बाबजुद पनि नमुना काम गर्दै आएको र यहि नगरको सिको गर्दै प्रदेश लगायत अन्य स्थानिय सरकारहरुले कार्यक्रम कपि गर्ने गरेको कार्यक्रमका विषेश अतिथी नेपाली कांग्रेस मुगुका पार्टी सभापति खड्क बहादुर शाहीले बताए ।सहभागी १२६ जना एकल पुरुषहरुलाई आर्थिक बर्ष २०७६ को एकल पुरुष भत्ता वितरण ul/Psf] lyof] .