☰ open Loading... 16 November 2024|  

सुत्केरी व्यथा लागेर थला परेकी महिलाको १४ घण्टापछि उद्धार
  | १० फाल्गुन २०७७, सोमबार १८:१६

हुम्ला । हुम्लाबाट सुत्केरी व्यथा लागेर थला परेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । व्यथा लागेको चौध घण्टापछि आइतबार साँझ उद्वार गरिएको हो ।आठ महिनाको गर्भ भएकै बेला व्यथा लागेर थला परेपछि सर्केगार्ड गाउँपालिका–४ दूल्ली गाउँकी २१ वर्षीया विन्दु थापाको हेलिकपटरबाट प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।

जिल्ला अस्तपालका सिनियर अनमी सरिता बोहराका अनुसार व्यथा लागेपछि सर्केगार्ड स्वास्थ्यचौकीमा लिइए पनि स्वास्थ्यकर्मीले जिल्ला अस्पताल बाहिर पठाउँदा बाटामा ल्याउँदै गर्दा झन् व्यथाले च्यापेपछि उहाँलाई हेलिकप्टरबाट उद्वार गरिएको हो ।