☰ open Loading... 20 September 2021|   सोमवार, अशोज ४, २०७८

गायिका अन्जु पन्तले गरिन बिवाह
  |

नेपाली सुगम संगीतमा एक सयभन्दा बढी नेपाली फिल्मका गीतमा आवाज भरिसकेकी गायिका अञ्जु पन्त विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधवार प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अञ्जु र थिर करीब एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।  

बुधबार उनीहरुले ललितपुरको पाटनस्थित एक चर्चमा बिहे गरेका हुन् । दुवैले क्रिस्चियन धर्ममा आस्था राख्ने भएकाले चर्चमा बिहे गरेको बुझिएको छ ।उनीहरुको बिहे समारोहमा सीमित आफन्तहरुको मात्र सहभागिता रहेको थियो ।



गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो । यसपछि छोरी परितोशिकासँग बस्दै आएकी अञ्जुले केही महिना अगाडि विभिन्न अन्तर्वाताहरुमा छोरीले विवाहका लागि दबाब दिइरहेको बताएकी थिइन् ।

प्रकाशित मितिः शुक्रबार, फाल्गुन १४, २०७७     11:17:04 AM