☰ open Loading... 9 October 2024|  

बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई ८ वर्ष जेल
  | ११ फाल्गुन २०७७, मंगलवार १९:०८

सल्यान – १४ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका शारदा नगरपालिका– १५का १६ वर्षीय बालकलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको छ। आरोपी नाबालिग भएकाले ८ वर्षसम्म जेलमा बस्नुपर्ने भएको छ।जिल्ला अदालतका न्यायाधीश कुल प्रसाद पाण्डेको इजलासले बालकलाई अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैदको फैसला गरेको अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए।
आरोपित बालक १८ वर्ष नपुगेकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३४ को उपदफा ४ बमोजिम ४ वर्ष कैद छुट भइ ८ वर्षको कैद सजाय भएको जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्लेले बताए। उनले बालबालिकाको हकमा दुई तिहाइको सजाय कम भएका कारण ८ वर्ष कैद सजाय भएको जानकारी दिए।