☰ open Loading... 16 April 2024|  

बालकको मृत्युबारे छानबिन टोली जुम्लामा
  | १२ फाल्गुन २०७७, बुधबार १९:३२

जुम्ला – १४ वर्षका बालकको मृत्युको घटनाबारे जानकारी लिन छानबिन टोली जुम्ला पुगेको छ । दुई साताअघि प्रहरीले नियन्त्रणमा लिएको गुठीचौर गाउँपालिका–३ का पदम बुढाको मृत्यु भएको थियो ।मृतकका आफन्तले प्रहरीको कुटाइबाट बुढाको मृत्यु भएको आरोप लगाउदै आएका छन् । तर, प्रहरीले भने अस्वीकार गर्दै आएको छ । सोही घटनाको छानबिन गर्न गृहमन्त्रालयका उपसचिव माधवप्रसाद ढुंगानाको संयोजकत्वको छानविन समिति जुम्ला पुगेको हो ।