☰ open Loading... 18 April 2024|  

विवाद टुंगो नलागेसम्म नेकपाको, कुनै पक्षसँग सहकार्य नगर्ने कांग्रेस निर्णय
  | १३ फाल्गुन २०७७, बिहीबार १९:३९

काठमाडौँ नेकपाको विवादको टुंगो नलागेसम्म कुनै पक्षसँग पनि सहकार्य नगर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ। नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सहकार्यका लागि नेकपा विवादको अन्तिम टुंगोसम्म कुर्ने निर्णय गरेको हो।बैठकमा सभापति शेरबहादुर देउवाले नेकपाका दुवै समूहले सहकार्यका लागि प्रस्ताव राखेको बताएका थिए।