☰ open Loading... 9 October 2024|  

दैलेखमामा पनि मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस
  | २४ फाल्गुन २०७७, सोमबार २१:५०

 

दैलेख -१११ औं अन्तर्राष्ट्रिय महिला दिवस नारायण नगरपालिका ११ बिन्ध्यावासिनीमा पनि विविध कार्यक्रम गरेर मनाइएको छ। महिला सुरक्षा, सम्मान र रोजगार : समृद्ध नेपालीको आधार ” भन्ने नारा सहित विन्ध्यावासिनी महिला संजालको आयोजनामा दिवस मनाएको हाे।

नारायण नगरपालिका वडा नं. ११ को वडा कार्यालयको आर्थिक सहयोग र समुदायमा आधारित संस्था महासंघ बेस्ताडा दैलेखको समन्वयमा महिला हिंसा न्यूनीकरणमा बालबालिकाको भुमिका विषयक मा.वि. र आधारभूत विद्यालय स्तरीय वक्तृत्वकला र महिला अधिकार, महिला हिँसा न्यूनीकरण सगै (कोभिड १९) बाट बचौं भन्ने गितमा आमा समुहहरु विच प्रतियोगीता भएको थियो ।

कार्यक्रममा वडा नं. ११ का सुनौला १००० दिने आमा शिशु पोषण कार्यक्रम को पनि आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मा.वि. स्तरीय वक्तृत्वकलामा श्री रैनादेवी मा.वि. टाटामाखु कक्षा १० कि छात्रा मिना कुमारी बिष्ट प्रथम, त्यसै गरि आधारभुत विद्यालयको वत्तृृृृृृृृृत्वकलामा श्री रैना देवि आधारभुत विद्यालय काडाकी छात्रा सुनिता बिष्ट प्रथम, श्री रैनादेवी मा.वि. टाटामाखु कि छात्रा चन्द्रा नेपाली दितिय, बडाभैरव आधारभूत विद्यालय जुफिया कि छात्रा टीका बडुवाल तृतीय भएकी छिन् । आमा समुहहरुको साँस्कृतिक कार्यक्रममा फुलवारी आमा समुह टाटा प्रथम, मेलपानी आमा समुह काँडा दितिय र हरियाली आमा समूह थाली तृतीय भएका छन् । कार्यक्रममा १५१ जना सुनौला १००० दिने आमाहरू र शिशुहरु लाई पोषण जन्य सामग्रीहरु वितरण गरिएको थियो  ।

कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष  टंक बहादुर बिष्ट विगतका दिनमा महिला र पुरुषका बीचमा हुने विभिन्न विभेदहरु विस्तारै कम हुँदै गएको भन्दै उनले महिलाहरुलाई प्राप्त हुने अवसरहरुलाई सदुपयोग गर्न समेत आग्रह गरेेेका छन् ।कार्यक्रमको संचालन संजाल सचिव निर्मला बिष्टले गरेकी थिईन् ।