☰ open Loading... 9 October 2024|  

आर्थिकअभाव झेलिरहेका सिजालीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
  | २७ फाल्गुन २०७७, बिहीबार १९:५८

दैलेख- रोजगारीको शिलशिलमा दक्षिण कोरीयामा रहेका नेपालीहरु मिलेर आर्थिम सहयोग गरेका छन् । नारायण नगरपालिका–४ रातापानीका भरतबहादुर सिजालीको उपचारका लागि आर्थिक सहयोग गरेका हुन । रोजगारीको सिलसिलामा दक्षिण कोरिया बस्दै आएका नारायण नगरपालिका–१० भवानीका बखतबहादुर थापाको संयोजकत्वमा सुर्खेतका तुलस गुरुङ, कालिकोटका ललितजंग राना, दैलेखका आइपी लामिछाने, सुर्खेतका ललित थापा, सुर्खेतकै लक्ष्मीनारायण बस्नेत, दैलेखका बामदेव गौतम, भोजपुरका सन्तोष ताम्लिङ राई, सुर्खेतका महेश महतरा, पोखराका प्रविन पौडेल, मोरङका रोजन विक, सोलुखुम्बुका साजन राई, सुर्खेतका प्रेम विसीले सहयोग रकम संकलन गरेर पठाएको ४० हजार रुपैयाँ एक कार्यक्रमको बिचमासहयोग हस्तान्तरण गरिएको हो । सहयोग रकम सिजालीकाका छोरा र छोरीको रोहबरमा उनका भाई दुर्गबहादुर सिजालीलाई सहयोग रकम ४० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै समाजसेवी शिक्षक तथा कलाकार लोकेन्द्र जिसी कुमारले भरतबहादुर सिजालीको उपचारमा आर्थिक अभाव भईरहेको समाचार पढेपछि दक्षिण कोरीयामामा रहेका नेपालीहरुलाई सहयोगका लागि आग्रह गरेको बताए । ‘मैले उहाँहरुलाई गरेका आग्रहलाई सहर्ष स्वीकार गरेर सिजालीको उपचार खर्च स्वरुप ४० हजार सहयोग पठाईदिनुभयो, हामीले भरतको परिवारलाई हस्तान्तरण गरेका छौ,’ जिसीले भने । उनले सिजालीको उपचारका लागि सहयोग रकम पठाउने बखत थापा लगाएत सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरे । मेरुदण्डका बिरामी (प्यारालाइसिस)ले थला परेका नारायण नगरपालिका–४ रातापानीका सिजाली उपचारकै क्रममा अस्पतालमा छन् । कार्यक्रममा पत्रकारहरु अमर सुनार, विशाल सुनार, हिक्मत नेपाली, अधिकारकर्मी रमा श्रेष्ठ लगाएतको उपस्थिती थियो ।