☰ open Loading... 5 October 2024|  

एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद खारेज
  | २८ फाल्गुन २०७७, शुक्रबार २०:३४

काठमाडौँ — सत्तारुढ नेकपा एमालेको पदाधिकारी खारेज गरिएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमात्रै सहभागी भएको शुक्रबारको केन्द्रीय कमिटी बैठकले एमालेका पदाधिकारीलाई खारेज गरेको र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको केन्द्रीय सदस्य खगराज अधिकारीले जानकारी दिए ।एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली थिए ।

 

भण्डारी राष्ट्रपति छन् भने अन्य उपाध्यक्षहरू माधवकुमार नेपाल निकटका रहेका छन् । त्यस्तै, नवौं महाधिवेशनबाट महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए भने उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहेका थिए । भुसाल नेपाल पक्षमा छन् भने पौडेल ओलीको पक्षमा छन् ।सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहेका थिए ।एमालेको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो । जसलाई ओली पक्षले खारेज गरेर अगाडि बढेको हो ।’आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय भएकाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाइएको हो,’ अधिकारीले भने ।माधवकुमार नेपाल पक्ष सहभागी नरहेको केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय लिएको छ ।