☰ open Loading... 9 October 2024|  

२ लाख बढीको अवैध सामान नियन्त्रण
  | २८ फाल्गुन २०७७, शुक्रबार २०:४६

 

नवलपरासी -भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको २ लाख ३३ हजार ६ सय ३० मुल्य बराबरको अवैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।शुक्रबार नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं। ५ बसहिया स्थित नेपालबाट भारततर्फ लैजाँदै गरेको अन्दाजी २० हजार १ सय ६० मुल्य बराबरको २१० लिटर डिजल प्रहरी चौकी बसहियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यसैगरी सरावल गाउँपालिका वडा नं। ७ भुजहवामा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १५ हजार ५० मुल्य बराबरको ब्लाउजको थान कपडा, झुल, घाँसको बिउ, पार्ले जी बिस्कुट लगायतका विभिन्न मालसामान प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

 

त्यसैगरीे सरावल गाउँपालिका वडा नं। ७ बुलन्दपुरमा भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको १ लाख ४३ हजार ६ सय २० मुल्य बराबरको विभिन्न हार्डवेयरको सामान सिमा प्रहरी चौकी महेशपुरले नियन्त्रणमा लिएको छ । उक्त सामान मानिसहरु मोटरसाइकलमा राखी ल्याउँदै तथा लैजाँदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाइकलसहित भागेका थिए ।