☰ open Loading... 18 May 2021|   मङ्लबार, जेष्ठ ४, २०७८

भ्युटावर निर्माण हुँदै
  |

पाल्पा -पर्यटकिय क्षेत्र पाल्पाको रामपुरमा भ्युटावर निर्माण सुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ को बरडाँडामा निर्माण हुन लागेको भ्युटावरको सोमवार शिलन्यास गरिएको छ ।रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भ्युटावरको शिलन्यास गर्दै पर्यटकिय क्षेत्रको विकासको लागि नगरपालिकाले वजेट विनियोजन गरी भ्युटावर निर्माण गर्न लागेको बताएका छन् ।



उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बजार वस्ती देखि माथिल्लो भेगमा रहेको यस क्षेत्रबाट कालीगण्डकीवेशीका धेरै ठाउँको दृश्यावलोकन गर्न र पर्यटक भित्र्याउनका लागि भ्युटावर निर्माण कार्य शुरु गरिएको बताइन् ।



रामपुर नगरपालिकाको सहयोगमा बहुवर्षिय योजना अनुरुप करिव ५० फिट अग्लो (चार तला) को भ्युटावर निर्माण गर्न रु १६ लाख रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताएका छन् ।उनका अनुसार निर्माण कार्य सम्पन्न गर्न करिव ६० लाख रकम लाग्ने अनुमान गरिएको छ ।





प्रकाशित मितिः मङ्लबार, चैत्र ३, २०७७     8:10:00 AM