☰ open Loading... 10 December 2023|  

कविताको हत्याका आरोपी एक वर्षपछि पक्राउ
  | ३ चैत्र २०७७, मंगलवार १९:४०

सल्यान- त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी कविता बोहराको हत्या प्रेम प्रस्ताव स्वीकार नगरेका कारण भएको खुलासा भएको छ। २०७६ फागुन २ गते प्रणय दिवसका दिन बोहराको घरनजिकै धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

कविताको दिदीको छोरा नाता पर्ने तत्कालीन १६ वर्षीय एक स्थानीय किशोरले कवितालाई एकतर्फी प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा कविताले कुनै चासो नदिएका कारण हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए।