☰ open Loading... 20 April 2024|  

१० दिनपछि भेटियो रजनीको शव
  | ३ चैत्र २०७७, मंगलवार १९:५२

दैलेख । कर्णाली नदीमा हराएकी ७ वर्षीया बालिका रजनी बडुवालको शव मंगलबार भेटिएको छ ।अछामको तुर्माखाँद गाउँपालिका–३, स्थित कर्णाली नदी किनारमा बालिकाको शव भेटिएको र उनी रजनी बडुवाल नै भएको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। रजनीसँगै कर्णाली नदीमा हामफालेका भनिएका उनकी आमा, दुई दिदी र दाइको शव फागुन २४ गते कर्णालीमै भेटिएको थियो ।

दैलेखको आठबीस–३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका ४ छोराछोरी फागुन २३ गते कर्णाली नदीमा हामफालेकी थिइन् । सुकीसहित चारजनाको शव यसअघिनै भेटिए पनि कान्छी छोरी ७ वर्षीया रजनीको शव भने मंगलबार दिउँसो भेटिएको हो ।