☰ open Loading... 9 October 2024|  

कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता
  | ४ चैत्र २०७७, बुधबार १४:१३

एमालेद्वारा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेको छ । समर्थन फिर्ता लिने भए पछि फेरि कर्णाली प्रदेशमा हलचल भएको हो ।

 बुधबार बसेको कर्णाली प्रदेश एमाले संसदिय दलको बैठकल विभिन्न ५ वटा निर्णय गरेको छ ।

एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेल सहित १० जना सहभागी बैठकले गरेका निर्णय हरु यस्ता छन् ।

– एमाले पुनर्स्थापना भइसकेपछि नेकपा एमाले का व्यवस्था अनुसारको व्यवस्था गर्न संसद सचिवालय लाई निर्देशन गर्ने ।

-सरकारमा रहेको समर्थन फिर्ता

-मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन

-दलको नेताको रुपमा यामलाल कँडेललाई दिने

-अनुपस्थित संसद लाई स्पष्टीकरण माग्ने निर्णय।