☰ open Loading... 13 October 2024|  

दैलेखमा नेपाल बैंकको शाखा स्थापना
  | ४ चैत्र २०७७, बुधबार १८:२५

 

दैलेख- नेपाल बैंक लिमिटेडले दैलेखमा शाखा स्थापना गरेको छ। उक्त शाखा नारायण नगरपालिकाका दैलेखका मेयर रत्न बहादुर खड्का र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनीले संयुक्तरुपमा एक कार्यक्रम बिच उद्घाटन गरेका हुन ।कार्यक्रममा बोल्दै नगरप्रमुख रत्न बहादुर खड्काले जिल्लामा उत्पादनशील क्षेत्रमा लगानी बढाइ, रोजगारी र आय अभिवृद्धिमा योगदान बढाउन बैंकलाई आग्रह गरे ।नेपाल बैंक लिमिटेडको सेवालाई समयानुकूल बनाउन, साना उद्यमी तथा किसानको समेत बैंकको सेवामा पहुँच स्थापित गर्न सुझाव दिए ।

त्यस्तै नेपाल बैंकका सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनीले बैंकले उपलब्ध गराउने व्यावसायिक तथा सहुलियतपूर्ण कर्जा सदुपयोग गरी लाभान्वित हुन स्थानीय उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे ।कार्यक्रममा उद्योग बाणिज्य सघंका अध्यक्ष कुल बहादुर बिक, नारायण नगरपालिका१का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठ ,बिभिन्न संघ संस्थाका प्रतिनिधी ,पत्रकार लगाएको उपस्थिीति थियो ।