☰ open Loading... 12 October 2024|  

सुर्खेतमा क्विक रेस्पोन्स कोड शुभारम्भ
  | ५ चैत्र २०७७, बिहीबार १७:४७

 


सुर्खेत । नेपाल बैंक लिमिटेडले सुर्खेतमा क्वीक रेस्पोन्स (क्यूआर)कोड लागू गरेको छ । बैंकको वीरेन्द्रनगरस्थित शाखाले बुधबार एक कार्यक्रमको आयोजना गरी औपचारिक सुभारम्भ गरेको हो ।बैंकले डिजिटल सुर्खेत महाअभियाना अन्तरगत काठमाडौं भ्याली बाहिर पहिलोपटक सुर्खेतमा क्यूआर कोड प्रविधि लागू गरेको जनाएको छ । बैंकिङ्ग प्रणालीमा पैसा भुक्तानी गर्ने सजिलो उपायका रुपमा क्यूआर कोडलाई लिन सकिन्छ ।

वीरेन्द्रनगर शाखाले यहाँका आर्थिक कारोबारका आधारमा आवश्यक परेको अवस्था बैंकका जुनसुकै ग्राहकलाई क्यूआर कोड सुविधा उपलब्ध गराउन सकिने सकिने वीरेन्द्रनगर शाखाका प्रमुख गणेश कुमार खत्रीले जानकारी दिए ।बैंकका अध्यक्ष एंव नेपाल सरकारको अर्थमन्त्रालयका सचिव मधुकुमार मरासैनीले उक्त क्यूआर कोडको औपचारिक उद्घाटन गरेका हुन् । शुभारम्भ कार्यक्रममा मार्फत उनले कर्णालीको अर्गानिक मह र च्याउ खरिद गरी उक्त मह र च्याउको रकम क्यूआर कोडमार्फत भुक्तानी गरेका हुन् ।

डिजिटल प्रविधिलाई दैनिक व्यवहारमा उतार्न सकिएको अवस्थामा अन्र्तराष्ट्रियस्तरको प्रतिस्पर्धामा जान सकिने अध्यक्ष मरासैनीले बताए । उनले देशका दुरदराजमा प्रविधियुक्त बैकिङ्ग प्रणाली पु¥याउने नेपाल बैंक लिमिटेडको अभियान रहेको भन्दै सोही अनुरुप काठमाण्डौ भ्याली बाहिर सुर्खेतमा यो अभियान सुभारम्भ गरिएको जानकारी दिए ।

मौद्रिक नीतिको अक्षरंश पालना गरियोस् :महासचिव लक्षमण कँडेल
सुर्खेतस्थित सञ्चालित बैंकहरुले मौद्रिक नीतिको अक्षरंश पालना गर्नुपर्ने सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्षमण कँडेलले बताएका छन् । उनले अधिकांश बैंकले मौद्रिक नीतिको पालना नगरि व्यवसायीबाट अनावश्यक मारमा पारेको भन्दै यसलाई अक्षरंश पालना गर्नुपर्ने बताएका हुन् ।उनले मौद्रिक नीजि क्षेत्रका लागि स्वीकारोक्ति भएपनि यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै यसलाई तत्कालै कार्यान्वयनमा नल्याए आफूहरु आन्दोलनमा जाने तयारी भैरहेको बताए ।

नेपाल बैंकलिमिटेड वीरेन्द्रनगर शाखाद्वारा आयोजित क्यूआर कोड शुभारम्भ कार्यक्रममा बोल्दै महासचिव कँडेलले कोरोना महामारीका कारण नीजिक्षेत्र धरासयी भैरहेको अवस्थामा बैंकिङ्ग क्षेत्रले असहयोग गरेको बताए । ‘कोरोना महामारीले नीजि क्षेत्र थलिएको छ । यसलाई उपचारको खाँचो छ’ उनले भने, ‘नीजि क्षेत्रलाई बैकिङ्ग क्षेत्रबाट सहयोग आवश्यक भएको महसुस हामी ९नीजि क्षेत्र०ले गरेका छौं ।’महासचिव कँडेलले नेपाल बैंक लिमिटेडले सीमित स्रोत साधन हुँदाहुँदै पनि दोस्रोमा हुनु चिन्ताजनक भएको भन्दै यसलाई सुधार गर्न सुुझाव दिए । उनले कर्णालीका सबै क्षेत्रमा बैंकका शाखा विस्तार गर्न समेत आग्रह गरे ।