☰ open Loading... 12 October 2024|  

‘ब्ल्याकमेलिङ’ गर्ने दुई यी महिला प्रहरी खोरमा
  | ५ चैत्र २०७७, बिहीबार १९:४६

 

 


काठमाडौं । विभिन्न व्यक्तिलाई होटल कोठामा बोलाई गोप्य भिडियो बनाएर व्ल्याकमेलिङ गरेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुर्खेतका लालसरी शाही (ललिता) र कल्पना हमाल छन् । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

लालसरीले कोटेश्वरका एक पुरुषलाई सुन्धारास्थित गेष्टहाउसमा बोलाई बोलाई गोप्य भिडियो खिचेका थिए । सोही भिडियो ती पुरुषको मेसेञ्जरमा पठाई ब्ल्याकमेलिङ गरी आइएमईमार्फत बारम्बार रकम असुलेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।लालसरी यसअघि पनि विभिन्न मुद्दामा जेल बसिसकेका महिला हुन् ।
त्यस्तै लालसरी भन्नेले लेखापाल खेमराज शर्मालाई झूठा मुदा दिएर फसाएको ठहर अदालतले गरेको छ ।झूठा मुद्दा दिएको भन्दै साढे ३ वर्ष कैद लालसरीलाई फैसला सुनाएको छ । कल्पना शाहीलाई सोही मुद्दामा प्रहरीले प्रतिवादी गराई हालसम्म फरार सूचीमा थिइन् । जिल्ला अदालतले हप्ता दिन अघि फैसला सुनाएको थियो ।