☰ open Loading... 9 October 2024|  

कोरोनाविरुद्धको खोप सोह्र लाखले लगाए
  | ६ चैत्र २०७७, शुक्रबार ०७:५३


काठमाडौंँ,  । कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्यकर्मी तथा अन्य प्राथमिकतामा परेका व्यक्तिलाई आउँदो वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा खोप दिइनेछ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा माघ १४ देखि फागुन १० गतेसम्म कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लिएका स्वास्थ्यकर्मीलगायतका अन्य प्राथमिकतामा परेका व्यक्तिलाई वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम ९आईसीएस०को बैठकले पहिलो प्राथमिकताको पहिलो र दोस्रो प्राथमिकता क्रममा परेका व्यक्तिलाई वैशाखमा खोप दिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले आईसीएसको बैठकले पहिलो चरणमा खोप लगाएकालाई वैशाख ७ देखि दोस्रो पटकको खोप दिने निर्णय भएको बताए। सुरुमा चार हप्तापछि दोस्रो पटकको खोप लगाउने भनिए पनि अध्ययनले आठ देखि १२ हप्ता दोस्रोपटक खोप दिँदा प्रभावकारी हुने देखाएपछि सोअनुरूप गरिएको हो । उहाँले दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका व्यक्तिलाई पहिलो मात्रा दिने विषयमा निर्णय नभएको बताए । सरकारले खोप अभियान सुुरु गरेको पहिलो प्राथमिकतामा चार लाख २९ हजारले खोप लगाएका थिए ।
हालसम्म खोप १६ लाख पाँच हजार ७०६ जनाले खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन २३ गतेदेखि सञ्चालन भएकोे दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित खोप वा बाध्यात्मक अवस्थाका कारण सञ्चालन गर्न ढिलाइ भएका जिल्ला र स्वास्थ्य संस्थाहरूमा सम्बन्धित समन्वय तथा अनुगमन समितिको निर्णयका आधारमा बाँकी खोप अभियान सञ्चालन गर्ने बताएको छ ।
खोप शाखा प्रमुख डा। झलक गौतमले दोस्रो चरणमा ११ लाख ५६ हजार १५६ जनाले खोप लगाएको जानकारी बताए। दोस्रो चरणमा उत्साहका साथ ६५ वर्षमाथिका व्यक्तिले खोप लगाएको जानकारी पनि जानकारी दिए।