☰ open Loading... 12 October 2024|  

बाध्य गराए पछि राजिनामा दिएको हु -प्रअ खड्का
  | ११ चैत्र २०७७, बुधबार २०:१९

 

एकेन्द्र महताअछाम। साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान स्थित हंस बाहिनी माध्यामिक विद्यालयका प्रधानाध्यापक हंसराज खड्काले स्वैच्छिक नभएर राजनीतिक दवावका कारण प्रधानाध्यापकबाट राजीनाम दिएको बताउनु भएको छ। हंस वाहिनी माध्यामिक विद्यालयद्धारा बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका केहि व्यक्ति, वडा अध्यक्ष गणेश खड्काको र केही राजनीतिक दलको दवावका कारण आफूले प्रधानाध्यापकबाट राजीनामा दिएको उल्लेख गरिएको छ। दबाबका कारण राजीनामा दिएको भए पनि विद्यालय व्यवस्थापन समितिको वहुमत पक्षले राजिनामा स्वीकृत नगरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सामान्य घट्नालाई राजनीतिक करण गरेर आफू निकट व्यक्तिलाई प्रधानाध्यापक बनाउनको लागि दवाव दिए पछि राजीनामा दिएको प्रधानाध्यापक खड्काको भनाई रहेको छ। तर वडा अध्यक्ष खड्काले भने राजीनामा दिने नदिने भन्नेमा आफ्नो कुनै संलग्नता नरहेको दावि गर्नु भएको छ।

चैत ३ गतेका दिन सोही विद्यालयमा अध्ययनरत विद्यार्थी युवराज खड्काले गृहकार्य नगरेको विषयलाई लिएर विद्यालयमा तालावन्दि भए पछि केहीले राजीनामा नभएसम्म ताला वन्दि नखोल्ने प्रतिशोध राखे पछि बाध्य भएर राजीनामा दिएको प्रधानाध्यापक खड्काको भनाई रहेको छ। गृहकार्य किन नगरेको भन्दा विद्यार्थी युवराजले उल्टै आफूले देखाई दिने धम्की दिए पछि एक/दुई पटक हानेको स्विकार गर्नु भएको छ। गृहकार्य नगर्ने, भनेको नमान्ने विद्यार्थी उच्छृङ्खल थियो उहाँले भन्नु भयो। तर पछि युवराजले आफूले गृहकार्य नगरेको भनेर गल्ति स्विकार गरि सकेका थिए। तर पछि सामान्य घटनालाई लिएर राजनीतिकरण गर्ने भयो।

पिडित विद्यार्थी खड्काले भने गणित विषयको गृहकार्य नगरेको भन्दै प्रधानध्पकले कुटपिट गरेको बताएका छन्। गृहकार्य किन नगरेको भनेर सरले गालामा एक पटक हान्नु भयो त्यस पछि कानमा र घाटीमा हानेको आरोप लगाएका छन्। पछि आफूले बयलपाटा अस्पतालमा चेकजाँच गरेको बताए। तर प्रधानाध्यापक खड्काले उक्त घटलाई लिएर ईलाका प्रहरी कार्यालय साँफेबगरमा बोलाउनु भएको थियो। विद्यार्थीको बाहिर भागमा केही चोट पटक नदेखे पछि बयलपाटा अस्पतालमा जानको लागि आग्रह गरे पछि आफू जादा विद्यार्थी चेकजाँच नगरी भागेको बताउनु भयो।

यस विषयमा ईलाका प्रहरी कार्यालय साँफेबगरमा प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र जोशीसँग बुझ्दा उहाँले पनि विद्यार्थी युवराजलाई बयलपटा अस्पतालमा चेकजाँचको लागि जानको लागि सल्लाह दिए पनि विद्यार्थीले अस्विकार गरेको बताउनु भयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर खड्काले भने प्रधानाध्यापकले विद्यार्थी कुटपिट पछि स्वैच्कि राजनीनाम दिनु भएको दावि गर्नु भएको छ। १५/२० जनाको रोहवरमा राजीनाम दिने भनेको त्यती बेला माईनेङ्गि चाहि नभएको प्रतिक्रिया दिनु भयो। खड्काले पछि स्वैच्छिक राजीनामा आएको विद्यालय व्यवस्थापन समितिबाट राजीनामा स्विकृत भएको बताउनु भयो।

तर विद्यालय व्यवस्थापन समितिका सदस्य राम बहादुर बोहराले सामान्य घटलाई लिएर राजीनाम गर्न लगाए पछि बहुमत विद्यालय व्यवस्थापन समितिको बैठकले राजीनामा अस्विकृत गरेको दावि गर्नु भयो। चैत ९ गते सर्वपक्षिय भेलाको आयोजना गरेको भए पनि अभिभावकका कुरा नसुनेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत जनप्रतिनिधि त्यहाँबाट निस्कर्ष बिना नै गएको दावि गर्नु भयो। सोहि विषयलाई लिएर विद्यालर्थीहरुले विद्यालयमा ताला बन्दि समेत गरेका थिए। वडा अध्यक्ष गणेश खड्काले विद्यार्थी कुटपिट भएको घटना समेत राजनीतिकरण हुन थालेको बताउनु भयो। विद्यालय व्यवस्थापन समितिका सदस्य वडा अध्यक्ष देखि केही व्यक्तिले आफू निकटका व्यक्तिलाई प्रधानाध्यापक बनाउनको लागि राजनीतिकरण भएको विद्यालय व्यवस्थापन समितिका सदस्य राम बहादुर बोहराले दावि गर्नु भयो। उहाँले सामान्य घटना भए पनि राजनीतिकरण गर्न खोजेको बताउनु भएको छ।

विद्यालयद्धारा जारी विज्ञप्ती