☰ open Loading... 18 April 2024|  

अध्यक्ष थापा विरुद्ध सर्वत्र विराेध
  | १३ चैत्र २०७७, शुक्रबार १७:२४

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले एकलाैटिरुपमा प्रदेश निर्वाचन समिति विघटन गरेकाे विषयमा सर्वत्र विराेध भएकाे छ । प्रदेश समितिकाे बैठक नबसालेर अध्यक्ष थापाले मनाेमानी ढंगले उक्त समिति विघटन गरेकाे भन्दै सर्वत्र विराेध भएकाे हाे ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्य गाेविन्द केसी, विष्णु न्याैपाने र गणेश विशुले समेत अध्यक्ष थापाकाे उक्त कदम चुनाव विराेधी भएकाे भन्दै उनीहरुले उक्त कदम फिर्ता लिन अनुराेध गरेका छन् । प्रदेश समितिकाे बैठकले गठन गरेकाे उक्त समिति अध्यक्ष एक्लैले विघटन गर्न सक्ने अधिकार नभएकाले अध्यक्षविरुद्ध कर्णालीका अरु पत्रकार पनि विराेधमा उत्रिएका छन् ।