☰ open Loading... 5 October 2024|  

नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधन
  | १४ चैत्र २०७७, शनिबार ०६:१२

काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । फागुन १३ गते मष्तिष्कघातपछि अस्पताल भर्ना भएका नेता जोशीको मंगलबार निधन भएको हो ।

उनको मष्तिष्कघातको शल्यक्रियापछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । शल्यक्रियापछि पनि अस्पतालमा राखिएका नेता जोशीको अवस्था बिग्रिँदै गएको चिकित्सकहरुले बताएका थिए ।

नको टाउकोमा जमेको पानी र रगत फाल्न फागुन १४ गते शल्यक्रिया गरिएको थियो ।जोशीको जन्म २०२० साल पुस २४ गते भएको थियो । काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित नेपाली कांग्रेसका संविधानसभा सदस्य नवीन्द्रराज जोशी काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर थिए ।

२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत राजनीतिमा होमिएका जोशीले नेपाल विद्यार्थी संघको काठमाडौं जिल्ला अध्यक्ष र केन्द्रीय महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रजातान्त्रिक आन्दोलनका क्रममा जोशी पटकपटक पक्राउ परि हिरासतमासमेत परेका थिए ।

लोकतान्त्रिक मूल्य-मान्यता र संस्कृतिले नै देशलाई प्रगतिको बाटोमा हिडाउन चाहने जोशीले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका थिए । कुशल संगठनकर्ता र वक्ताका रूपमा परिचित जोशी सामाजिक हितका कार्यमा विशेष रुचि राख्‍ने गर्थे । उनी गणेशमान सिंह अध्ययन प्रतिष्‍ठानका संस्थापक तथा अध्यक्ष थिए ।जोशीका एक छोरी र श्रीमति छन् ।