☰ open Loading... 5 October 2024|  

आज होली पर्व मनाइँदै
  | १५ चैत्र २०७७, आईतवार १०:३०

काठमाडौं – रङहरुको पर्व फागु आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि शुरु भएको थियो ।

 

रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो । तराइका जिल्लाहरुमा भने भोलि अर्थात सोमबार विशेष रुपमा यो पर्व मनाउने गरिन्छ ।आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ ।