☰ open Loading... 20 April 2024|  

चीनले अनुदानमा उपलब्ध गराएको खोप आज काठमाडौं आइपुग्ने
  | १६ चैत्र २०७७, सोमबार १०:३५

 

चीनले अनुदानमा उपलब्ध गराएको खोप आज काठमाडौं आइपुग्ने

 

 

काठमाडौं : चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप लगायतका सहायता सामाग्री आज काठमाडौं आइपुग्दैछ ।

 

खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

नेपाल आइपुगेको खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्ने बताइएको छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले चीनको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ ।

 

‘डब्लुएचओ’को निर्णयपछि मात्र खोप लगाउन शुरु गर्ने तयारी स्वास्थ्य मन्त्रालयको छ । औषधि व्यवस्था विभागले भने सो खोप यसअघि नै आकस्मिक प्रयोगका लागि स्वीकृत गरिसकेको छ ।

 

चीनबाट आठ लाख मात्रा खोप नेपाल आउँदै छ । नेपाल भित्रिएको खोप कुन समूह र कहाँका व्यक्तिलाई कसरी खोप लगाउने भन्ने निर्णय भैसकेको छैन । पछि चिन्न सकिने र सजिलै पहिचान गर्न सकिने संगठित समूहलाई खोप दिने तयारी मन्त्रालयको छ ।

 

आइतबारसम्म नेपालमा १७ लाख ९० हजार १ सय २५ जनाले कोरोना भाइरसविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन । पहिलो मात्रा खोप लगाएकाहरूले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा खोप लगाउने तयारी छ ।