☰ open Loading... 12 October 2024|  

कर्णालीका सबै जनता माझ पाचँ वर्षभित्र विद्युत पुर्याइने
  | १७ चैत्र २०७७, मंगलवार ०६:३६

सुर्खेत, । कर्णाली प्रदेशमा अबको पाचँ वर्षभित्र सबै जनताको पहुँचभित्र विद्युत पुर्याउनेगरी काम अगाडी बढाइएको छ । कर्णालीका २८ प्रतिशत जनता राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवाको पहुँचमा छन । यसलाई बढाएर ५ बर्षभित्र दोब्बर बनाउने लक्ष्य लिइएको हो । कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण ग्रीडमा प्रवाह गर्न प्रसारण लाइनहरू जोडने लक्ष्य लिएको छ ।

 

 

वैकल्पिक ऊर्जाको उपयोगबाट छरिएर रहेका गाउँ बस्तीहरूलाई उज्यालो पार्नुका साथै नागरिकहरूको ऊर्जाको आवश्यकता सर्व सुलव रुपमा पुरा गर्ने जनाइएको छ । ९० प्रतिशत जनताको पहुँचमा विद्युत सेवा पु¥याउने आयोगको लक्ष्य अनूसार राष्ट्रिय प्रशारण लाइन नपुगेका ठाउँमा वैकल्पिक ऊर्जाको माध्यमबाट भएपनि सबै जनतामा विद्युत पु¥याउने योजना लिएको कर्णाली प्रदेश योजना अयोगका सदस्य योगेन्द्र बहादुर शाहीले बताए। शाहीका अनूसार सबै क्षेत्रमा सडक सञ्जाल र लगानि कत्र्ताहरुले परियोजना अगाडि बढाएको खण्डमा कर्णालीमा अहिलेको मेगावाट भन्दा धेरै गुणा बढ्ने छ । प्रदेशमा अहिले कर्णाली, तिला, भेरी नदीमा गरिएको अध्ययन अनुसार जलविद्युत उत्पादन क्षमता करिव १८ हजार मेगावाट रहे ता पनि कर्णाली प्रदेशबाट हालसम्म ८ दशमलव २५ मेगावाट जलविद्यत मात्र राष्ट्रिय ग्रीडमा आवद्ध रहेको योजना आयोगले जनाएको छ ।