☰ open Loading... 9 October 2024|  

कर्णालीमा ७० प्रतिशत दुध बाहिरबाट आयात हुने
  | १८ चैत्र २०७७, बुधबार ०८:२६

सुर्खेत। कर्णालीमा ७० प्रतिशत दुध बाहिरबाट आयात हुने गरेको पाइएको छ । प्रदेशमा दुग्धजन्य पदार्थ उत्पादन केही मात्रामा बढेपनि यो प्रयाप्त नभएको बताइएको छ । अहिले ३० प्रतिशत मात्र दुग्धजन्य पदार्थ उत्पादन हुने गरेको छ । न्यूनतम पाँच लाख लिटर दुग्ध पदार्थ आवश्यक भएपनि अहिले आन्तरिक उत्पादनले मात्रै माग धान्न नसकेपछि बाहिरबाट आयात हुने गरेको हो । आर्थिक वर्ष २०७४÷०७५ मा मागको २० प्रतिश मात्र दुग्धजन्य पदार्थ धानेकोमा आर्थिक वर्ष २०७६÷०७७ मा आउदा दश प्रतिशतले वृद्धिभएर ३० प्रतिशत दुध उत्पाल भएको कर्णाली प्रदेशको पशुपन्क्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले प्रदेशमा व्यवसायिक पशुपालन र पशुपालनसम्बन्धी सरकारी कार्यक्रम प्रभावकारी हुन नसक्दा बर्सेनी करोडौंको दुग्धजन्य पदार्थ आयात गर्नुपर्ने अवस्था आएको बताए ।