☰ open Loading... 13 October 2024|  

गर्भवती महिलालाई घ्यु र भाले वितरण
  | २१ चैत्र २०७७, शनिबार ०६:५४

सुर्खेत । जुम्लाको गुठीचौर गाउँपालिकाले दुइवटा कार्यक्रम संचालन गरि पछाडी पारिएका नागरिकहरुको रोजगारी र स्वास्थ्य सुरक्षा सुनिश्चित गर्ने प्रयास गरेको छ । गाउँपालिकाले गरिबसँग अध्यक्ष र गर्भवती महिलासँग अध्यक्ष कार्यक्रम संचालन गरि रोजगारी र पोषण सुधार गर्न खोजेको हो । गरिबसँग अध्यक्ष कार्यक्रम अन्तरगत प्रत्येक बर्ष १५ जनालाई स्वरोजागर बनाउने गरिएको छ । जसको लागि प्रत्येक बर्ष १५ लाख बजेट विनियोजन गर्ने गरिएको छ । त्यसैगरी, गर्भवतीसँग अध्यक्ष कार्यक्रम अन्तरगत पालिकाभर रहेका महिला गर्भवतीको लागि पोषणयुक्त खान उपलब्ध गराउने गरिएको हो । त्यसको लागि प्रत्येक बर्ष ५ लाख रकम बिनियोजन गर्ने गरिएको छ । गर्भवतीलाई एउटा भाले र एक माना घ्यु गाउँपालिकाले नै उपलब्ध बनाउँदै आएको छ । यो कार्यक्रमले पछाडी पारिएका नागरिकहरुलाई सहज हुने गाउँपालिका अध्यक्ष हरी बहादुर भण्डारीले बताए ।