☰ open Loading... 12 October 2024|  

दुल्लुमा नगर स्तरीय भलिवल प्रतियोगिता संचालन
  | २ बैशाख २०७८, बिहीबार १०:१८

 

दैलेख – विश्व सहयाेग ग्रुपको आयाेजनामा वुधबार दुल्लु नगरपालिका वडा नं. ५ मा नगर स्तरीय भलिवल प्रतियाेगिता सञ्चालन भएकाे छ । कार्यक्रमकाे उद्घाटन  संविधान सभा सदस्य लक्ष्मी प्रसाद पाेखरेलले गर्नु भएकाे हाे । प्रमुख अतिथी पाेखरेलले खेललाई निस्पक्ष र धादली रहित संचालन गर्न आयाेजकलाई आग्रह गर्नु भयाे । यस्तै साना खेललेनै भविष्यमा खेलाडीलाई खेलजगतमा फाइदा हुने उहाँले बताउनु भयाे । उदघाटन कार्यक्रममा सम्भाेदन गर्दै दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले खेल अनुशासन , मर्यादा , तरिकाले सञ्चालन हुनेमा अाफु विश्वस्त रहेकाे बताउनु भयाे । प्रमुख भण्डारीले खेल र खेलाडीलाई सहयाेग गर्न नगरपालिका तयार रहेकाे बताउनु भयाे । भण्डारीले नयाँ वर्षकाे अवसरमा सम्पूर्ण नेपालीहरुमा शुख , शान्ति ,समृद्धि र उत्तरउत्तर प्रगतिको कामना सहित शुभकामना दिनु भएकाे छ ।
यस्तै नेपाली कांग्रेस वन तथा विपद व्यवस्थापन समितिका केन्द्रीय सदस्य भरत प्रसाद रिजालले पनि खेलाडी र आम उपस्थिति जनसमुदायलाई सफलताको शुभकामना दिनु भएकाे छ । नगर स्तरीय खेलले आन्तरिक पर्यटनमा प्रवद्वन हुने र खेलाडी हरुकाे आतमवल वृद्धि हुने रिजालले बताउनु भयाे । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्ति प्रसाद उपाध्याय, वडा अध्यक्ष नयाराम थापा , लाल बहादुर रावत , प्रेम थापा, नेपाली कांग्रेस दुल्लुका नगर सभापति टंक रिमाल , नेकपा एमालेका रुद्र रिमाल , नेकपा माअाेवादीका , रामबहादुर शाही , दलित संघका केन्द्रीय सदस्य सुर्य बहादुर विक, नेपाल शिक्षक संघ दुल्लुका सहसचिव टंक शाही , भानेश्वर मावि का विद्यालय व्यवस्थापन समिति का अध्यक्ष जितेन्द्र थापा,अनेरास्ववियु का केन्द्रीय सदस्य नवीन याेगी, नेपाल विद्यार्थी संघ दैलेखका अध्यक्ष हरी थापा लगाएले कार्यक्रमकाे सफलताको शुभकामना दिनु भएकाे थियाे । कार्यक्रममा विश्व सहयोग ग्रुपका घन बहादुर शाहीले स्वगत गरेनु भएकाे थियाे । प्रतियोगितामा दुल्लु नगरपालिकाका १३ वटै वडाका १८ वटा टिमकाे सहभागीता रहेकाे आयाेजकले जानकारी दिएकाे छ।
दैलेख जिल्लाकाे आन्तरिक पर्यटकमा प्रवद्वन , धार्मिक सम्पदाको संरक्षण सम्वद्वन ,युवा जागरण गर्ने मुल उद्येश्यका साथ दुल्लु नगर स्तरीय भलिवल प्रतियोगिताकाे आयाेजन गरिएकाे विश्व सहयाेग ग्रुपका अध्यक्ष धर्म बहादुर शाहीले बताउनु भयाे ।
प्रतियोगिताकाे मुख्य प्रवदक वडा नं. ५ काे कार्यालय , प्रथम पुरस्कारको प्रयाेजक भद्र बहादुर शाही , दृतिय पुरस्कारको प्रयाेजक सुशील शाही रहनु भएकाे छ । यस्तै प्रतियोगितालाई सफल बनाउनकाे लागि कुसल एण्ड कम्पनी , धुम कन्ट्रक्सन,पंचकाेशी सर्जिकल इक्वुमेन्ट र ज्वाला सुनचाँदी पसल दुल्लुले विशेष सहयोग गरेका छन ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ३५ हजार , दृतिय स्थान हासिल गर्नेलाई २५ हजार, तृतिय स्थान हासिल गर्नेलाई रु १५ हाजर पुरस्कारको ब्यवस्था गरिएकाे आयाेजकले जानकारी दिएकाे छ ।