☰ open Loading... 12 October 2024|  

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता
  | २ बैशाख २०७८, बिहीबार १३:५२

काठमाडौं । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) नेपालले बिहीबार दिउँसो अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
प्रदेशसभा संसद् सचिवालयमा दर्ता भएको मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादीका ११ र जसपाका दुई गरि २८ प्रदेशसभा सदस्यहरुको हस्ताक्षर छ ।
उनीहरु नेपालको संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीका् नियम ४४ को उपनियम १ बमोजिम मुख्यमन्त्री गुरुङविरुद्ध अविशवासको प्रस्ताव दर्ता गरिएको जनाएका छन् ।
कांग्रेस, माओवादी र जसपाले अविश्वासको प्रस्तावमा संविधानको धारा १८८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नाम प्रस्ताव गरेको छ ।